काठमाडौं, २५ पुस। मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय समितिले शनिबार काठमाडौंमा एक अन्तरक्रिया सम्पन्न गरेको छ। मार्क्सवादी ज्ञान केन्द्रका नियमित गतिविधि र आगामी कार्ययोजनाबारे छलफल गर्ने हेतुले अन्तरक्रियाको आयोजना गरिएको थियो।

अन्तरक्रियामा विभिन्न क्षेत्रका विज्ञहरूले केन्द्रले सञ्चालन गरिरहेका कार्यक्रम कम्युनिस्ट आन्दोलनका निम्ति अत्यन्तै महत्वपूर्ण रहेको भन्दै थप कार्यक्रम बनाएर अगाडि बढ्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेल, महासचिव इन्द्रराज भट्टराई लगायतले केन्द्रको सोच र आगामी कार्ययोजनाबारे प्रकाश पार्नुभएको थियो।

करीब ४० जना सहभागी संक्षिप्त अन्तरक्रियामा केन्द्रले आफ्ना गतिविधिबारे संक्षिप्त जानकारीमूलक नोटसमेत बितरण गरेको थियो।

आदरणीय अग्रज एवं प्रिय मित्रहरू,

परिचय, अनौपचारिक अन्तरक्रिया एवं आगामी कार्ययोजना निर्माणका सन्दर्भमा सुझाव लिने हेतुले समाज रूपान्तरणको पाठशालाका रूपमा स्थापित माक्र्सवादी ज्ञान केन्द्रद्वारा आयोजित यस कार्यक्रममा सर्वप्रथम यहाँहरू सबैमा हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्दछौं ।

मार्क्सवादी विज्ञानको अध्ययन–अध्यापन, सामयिक विषयहरूमाथि अनुसन्धान, सन्दर्भस्रोतहरूको व्यवस्थापन, कक्षाका लागि प्रशिक्षकहरूको उत्पादन, प्रकाशन एवं माक्र्सवादी शिक्षासँग सम्बन्धित कामहरू व्यवस्थित गरी अध्ययन संस्कृतिमार्फत् कम्युनिस्ट आन्दोलनमा विचारधारात्मक योगदान पुर्‍याउने उद्देश्यले स्थापित यस संस्था विगत डेढ वर्षदेखि आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ । विगत डेढ वर्षको अवधिमा यस संस्थाले करिब १०,००० जनाको बिचमा माक्र्सवादको अध्ययन÷अध्यापन एवं प्रमाणपत्र बितरण, पाठ्यक्रम निर्माण, नीतिगत व्यवस्थापन, प्रादेशिक र विभागीय संरचनाहरूमार्फत् कामको संयोजन, ई–लाइब्रेरी सञ्चालनको अन्तिम गृहकार्य, विभिन्न पुस्तक र महत्वपूर्ण सामग्रीहरूको अनुवाद एवं प्रकाशन, सामयिक विषयमा डिस्कोर्स, प्रोत्साहन एवं पुरस्कारको व्यवस्था, माक्र्सवादको क्षेत्रमा काम गर्ने स्रष्टाहरूको खोजी एवं उत्प्रेरणा, विभिन्न जिल्लाहरूमा भौतिक रूपमा उपस्थित भएर स्कुल सञ्चालन लगायतका महत्वपूर्ण काम गरिसकेको छ ।

हाल ज्ञान केन्द्रको प्रकाशन एवं सहजीकरणमा समाजवादी क्रान्तिको कार्यदिशा, क्वान्टम सिद्धान्त, माओको अन्तिम महालडाइँ, कम्युनिस्ट कसरी बन्न सकिन्छ ? लगायतका पुस्तकहरू बजारमा आइसकेका छन् । केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विधान, विनियम, कार्यविधि र आचारसंहिता, केन्द्रको पाठ्यक्रम, विभिन्न जिम्मेवारी र कार्यक्रमहरू समेटिएको आन्तरिक प्रकाशन मार्गनिर्देश प्रकाशित गरी लागू गरिएको छ । डिजिटल पुस्तकहरू संकलन गरी ई–लाइब्रेरीमा प्रकाशित गर्ने तयारी गरिएको छ । आजको विश्वका ज्वलन्त १४ मुद्दामा केन्द्रित रहेर अनुसन्धानको काम अगाडि बढिरहेको छ । मार्क्सवादी एवं विश्वप्रसिद्ध ४ दर्जन पुस्तकहरूको सारांश एवं माक्र्सवादी दृष्टिकोण समेटिएको पुस्तक प्रकाशन, अनुसन्धानबाट प्राप्त रिपोर्टहरू एकीकृत गरी त्यसलाई पुस्तकका रूपमा प्रकाशन, प्रश्नपत्र संगालोको प्रकाशन, विभिन्न जिल्लामा भौतिक रूपमा उपस्थित भएर कक्षा सञ्चालन, नयाँ चरणको कक्षा सञ्चालन, प्रकाशित कृतिहरूको लोकार्पण र अन्तरक्रिया लगायतका कामहरू तीव्रतासाथ अघि बढिरहेका छन् ।

केन्द्रले नेपालमा माक्र्सवादी कलेज सञ्चालनको सम्भाव्यता, चुनौती र अवसरहरू, त्यसको कानुनी प्रक्रिया, पाठ्यक्रम, सम्बन्धन, प्राज्ञिक समकक्षता लगायतका विषयमा केन्द्रित रहेर आफ्नो अध्ययन र गृहकार्यको काम अगाडि बढाएको छ । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा गुणात्मक योगदान पुग्नेछ भन्ने हाम्रो दृढ विश्वास छ । केन्द्रले आगामी माघ ५–१४ सम्म मध्यम तहको भर्चुअल कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । नयाँ चरणको यस कक्षालाई हामी गुणात्मक र मर्यादित रूपमा सम्पन्न गर्न चाहन्छौं ।

छोटो समयको सूचनामार्फत् परिचय तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भइदिनुभएकोमा आदरणीय अग्रज कमरेडहरू, केन्द्रका सल्लाहकारज्यू लगायत समस्त सदस्यज्यूहरू एवं उपस्थित शुभेच्छुकहरूप्रति हामी विशेष आभार प्रकट गर्दछौं । आजको कार्यक्रममा उल्लेखित विषयमा केन्द्रित रहेर यहाँहरूको अमूल्य सुझावको अपेक्षा राखेका छौं । साथै माक्र्सवादी ज्ञान केन्द्रको जिल्ला शाखा गठन, आगामी योजना निर्माण एवं कार्यान्वयन र मुख्यतः नयाँ चरणको कक्षा प्रभावकारी बनाउन यहाँहरूको गुणात्मक शुभेच्छा एवं सहयोग हुनेमा हामी विश्वस्त छौं । धन्यवाद ।

– मार्क्सवादी ज्ञान केन्द्र, केन्द्रीय समिति (२४ पुस २०७८, काठमाडौं)


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *