Center for marxist study logo

१. ज्ञान केन्द्रको पृष्ठभूमि

गत वर्ष सन् २०२० को डिसेम्बर ३१ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्व मानव जीवनमा एउटा नयाँ तरंग उत्पन्न भयो। विश्वभरि फैलिएको महामारीका कारण जनजीवन भयत्रित र त्रसित बनेको परिवेशमा मुख्यतः युवाहरुलाई विचारधारात्मक अध्ययनमा केन्द्रित गर्ने, अध्ययनशील व्यक्तिहरुका लागि पुनर्ताजगी पैदा गर्ने, संस्थागत अध्ययनको परिपाटी स्थापित गर्ने र पार्टीमा विचारधारात्मक चेतद्वारा परिचालित हुन अभिप्रेरित गर्ने उद्धेश्यले मार्क्सवादी ज्ञान केन्द्रको स्थापना भएको हो।

सुरुवातमा केही युवाहरुको प्रगतिशील चेतना र उत्सुकताका कारण अनौपचारिक रुपमा सुरु भएको यो अभियान विस्तारै राजनीतिमा सक्रिय र मुख्यतः मार्क्सवादमा आस्था राख्ने युवाहरुको केन्द्रिकरण हुँदै अगाडि बढ्यो। एकातिर कोरोना महामारीका कारण लकडाउनको अवस्था सिर्जना भयो भने अर्कातर्फ विज्ञान र प्रविधिको प्रयोगलाई नयाँ ढंगबाट अगाडि बढाउने सोचको विकास पनि उक्त परिस्थितिले निर्माण गर्‍यो। यसरी तत्कालीन समयमा विश्वको कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनको इतिहाससँगै मार्क्सवादी अर्थशास्त्र, वैज्ञानिक समाजवादका साथै विज्ञान प्रविधि र मार्क्सवाद लगायत विषयमा अध्ययन/अध्यापन गने उद्देश्यका साथ लोकपाटी मिडियाका अध्यक्ष एवं प्रधान सम्पादक, नेकपाका युवा नेता कमरेड मनहरि तिमिल्सिनाको विशेष नेतृत्वमा जुममार्फत् अनलाइन कक्षा सुरु गरियो।

२०७७ वैशाखदेखि सुरु गरिएको मार्क्सवादी कक्षामा तत्कालीन नेपाल कम्युनिस्ट पाटी (नेकपा) केन्द्रीय तहदेखि एकाइसम्मका नेता कार्यकता एवं मन्त्री, सांसद अन्य जनप्रतिनिधिहरुको सहभागिता रहँदै आएको छ। १४ देखि २१ दिनसम्मको कोर्स बनाएर दर्शनशास्त्र, मार्क्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र विज्ञान–प्रविधिबारे सञ्चालन गरिएको कक्षामार्फत् करीब ३५०० जना नेता कार्यकर्ता सहभागी भई आधारभूत तहको ज्ञान प्राप्त गरेका छन्। हालसम्म यस ज्ञान केन्द्रले अध्ययन/अध्यापनको सातौँ चरण सम्पन्न गरेको छ।

२. अनलाइन कक्षा

मार्क्सवादी ज्ञान केन्द्रले हालसम्म सातौं चरणसम्मको अनलाइन कक्षा सञ्चालन गरिसकेको छ। यस अवधिमा सञ्चालन गरिएका कक्षालाई निम्नानुसार प्रस्तुत गरिन्छ।

(क) पहिलो चरणको कक्षा

मिति २०७७ जेठ ३ गतेबाट १५ गतेसम्म पहिलो चरणको कक्षा सञ्चालन गरिएको थियो। हरेक दिन बिहान ७.०० बजेदेखि ९.०० बजेसम्म सञ्चालित पहिलो चरणको कक्षामा ७२ जना विद्यार्थी सहभागी रहेका थिए। उक्त कक्षामा प्रस्तुत विषय र प्रशिक्षकहरु तपसिल बमोजिम रहेका छन्।
• २०७७।०२।०३ – दर्शनशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०२।०४ – दर्शनशास्त्र – मनहरि तिमिल्सिना
• २०७७७।०२।०५ – दर्शनशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०२।०६ – दर्शन सम्बन्धी डिस्कोर्स – गोपीरमण उपाध्याय
• २०७७।०२।०७ – राजनीतिक अर्थशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०२।०८ – राजनीतिक अर्थशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०२।०९ – राजनीतिक अर्थशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०२।१० – राजनीतिक अर्थशास्त्र – रामराज रेग्मी
• २०७७।०२।१० – नेपाली अर्थतन्त्र र बजेट – डा. दिनेशचन्द्र देवकोटा
• २०७७।०२।११ – वैज्ञानिक समाजवाद – मनहरि तिमिल्सिना
• २०७७।०२।१२ – वैज्ञानिक समाजवाद – मनहरि तिमिल्सिना
• २०७७।०२।१३ – विश्व कम्युनिस्ट आन्दोलनको इतिहास – मनहरि तिमिल्सिना
• २०७७।०२।१४ – नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास – मनहरि तिमिल्सिना
• २०७७।०२।१५ – विज्ञान र प्रविधि – मनहरि तिमिल्सिना
• २०७७।०२।१६ – सूचना र प्रविधि – मनहरि तिमिल्सिना
• २०७७।०२।१७ – अध्ययन गर्ने तरीका र मार्क्सवादी पुस्तकहरु – मनहरि तिमिल्सिना

(ख) दोस्रो चरणको कक्षा

मिति २०७७ जेष्ठ २२ देखि असार ३ गतेसम्म दोस्रो चरणको कक्षा सञ्चालन गरिएको थियो। नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल सरकारका भूमिसुधार मन्त्री माननीय पद्मा कुमारी अर्याल विशेष अतिथि हुनुहुन्थ्यो।

यस चरणमा मनहरि तिमल्सिना, गोपीरमण उपाध्याय, डा. विजय पौडेल, लेखनाथ न्यौपाने, डा. विष्णु धिताल, प्रा.डा. शोभाकान्त लामिछाने लगायताका प्रशिक्षकहरुले कक्षाको सहजीकरण गर्नुभएको थियो।

यस चरणको कक्षाको समापन २०७७ असार ३ गते भएको थियो। उक्त समापन कार्यक्रममा तत्कालीन नेकपाका बौद्धिक नेता डा. बेदुराम भुसाल प्रमुख अतिथि तथा हरिराज अधिकारी, लेखनाथ न्यौपाने, रामदिप आर्चाय, रामराज रेग्मी र डा. दिनेशचन्द्र देवकोटा अतिथि हुनुहुन्थ्यो। कक्षाको समापनमा सहभागीको तर्फबाट राजन लिम्बु र सीता ढुङ्गानाले अनुभूति मन्तव्य राख्नुभएको थियो। उक्त समापन समारोहको दोस्रो दिन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्क्सवादी ज्ञान केन्द्रलाई विचारधारात्मक रुपमा प्रशिक्षित गर्नुभएको थियो।

उक्त कक्षा व्यवस्थापनका निम्ति निम्नानुसारको व्यवस्थापन समिति र उपसमितिहरु निर्माण गरिएको थियो।
कक्षा सम्बन्धी समितिहरु
(क) अनुगमन/निर्देशन समिति
(ख) विद्यार्थी छनोट कार्यदल
(ग) अर्थ तथा लेख कार्यदल
(घ) पाठ्यसामग्री सुझाव कार्यदल
(ङ) कार्यक्रम तथा प्रविधि कार्यदल
(च) अनुशासन तथा अभिलेख कार्यदल
(छ) सहभागीको सुझाव संकलन कार्यदल

(१) अनुगमन/निर्देशन समिति
यसले कक्षाको अनुगमन र निर्देशन सम्बन्धी सम्पूर्ण काम गर्ने व्यवस्था गरिएको थियो। समितिमा कार्यदलका संयोजकहरु सदस्य रहेका थिए।
(क) संयोजक – मनहरि तिमिल्सिना
(ख) सहसंयोजक – इन्द्रराज भट्टराई
(ग) सदस्य – जनार्दनबाबु कट्टेल
(घ) सदस्य – सुनिता कार्की
(ङ) सदस्य – सुवासचन्द्र पौडेल
(च) सदस्य – मिङ्ग्मा शेर्पा
(छ) सदस्य – टेकप्रसाद कट्टेल
(ज) सदस्य – बिमला केसी
(झ) सदस्य – विन्दु अधिकारी

(२) विद्यार्थी छनोट कार्यदल
विद्यार्थी छनोट कार्यदलले १५० देखि २०० जनासम्म विद्यार्थी छनोट गर्ने र तिनीहरुको अद्यावधिक गर्ने काम गर्‍यो। उक्त कार्यदल निम्नानुसार निर्माण गरिएको थियो।
(क) संयोजक – जनार्दनबाबु कट्टेल
(ख) सहसंयोजक – दीलिप सोनी
(ग) सदस्य – गंगा तिमिल्सिना
(घ) सदस्य – दीपक भण्डारी
(ङ) सदस्य – प्रवेश महत क्षेत्री
(च) सदस्य – भानु अधिकारी
(छ) सदस्य – निर्मला शिवाकोटी

(३) अर्थ तथा लेखा कार्यदल
शुल्क संकलन, आर्थिक व्यवस्थापन र आय–व्ययको अभिलेख लगायतका आर्थिक र लेखा सम्बन्धी सम्पूर्ण काम गर्ने गरी निम्नानुसार कार्यदल गठन गरिएको थियो।
(क) संयोजक – सुनिता कार्की
(ख) सहसंयोजक – ध्रुव देवकोटा
(ग) सदस्य – सुजिता हमाल
(घ) सदस्य – रत्न सुनुवार
(ङ) सदस्य – प्रितम गैरे

(४) पाठ्यसामग्री सुझाव कार्यदल
प्रशिक्षकहरुको आग्रहबमोजिम पाठ्यसामग्री जुटाउन, पाठ्यवस्तु संकलन र समन्वयमा सहयोग गर्ने उद्देश्यले निम्न कार्यदल गठन गरिएको थियो।
(क) संयोजक – सुवासचन्द्र पौडेल
(ख) सहसंयोजक – नारायण बडाल
(ग) सदस्य – विजयप्रकाश सापकोटा
(घ) सदस्य – शाश्वत सुवेदी
(ङ) सदस्य – घनश्याम माझी

(६) सहभागीको सुझाव संकलन कार्यदल
कक्षाका सम्बन्धमा सहभागीले दिने सुझाव संकलन गर्ने, त्यसको जानकारी निर्देशक समिति र प्रशिक्षकलाई दिने र कक्षालाई थप प्रभावकारी बनाउने कामको संयोजन गर्न निम्न कार्यदल बनाइएको थियो।
(क) संयोजक – विन्दु अधिकारी
(ख) सहसंयोजक – अशोक देवकोटा
(ग) सदस्य – कोपिल पौडेल
(घ) सदस्य – प्रकाश बस्नेत
(ङ) सदस्य – प्रिया देवकोटा

(७) अनुशासन तथा अभिलेख कार्यदल
सहभागीहरुको दैनिक हाजिर राख्ने, परीक्षाको अभिलेख राख्ने, उनीहरुको अनुशासन र चालचलनको निगरानी राख्ने र सचेत बनाउनेसमेतको काम गर्न निम्नानुसार कार्यदल गठन गरिएको थियो।
(क) संयोजक – बिमला केसी
(ख) सहसंयोजक – मोहन पाण्डे
(ग) सदस्य – किशोर मनश्वी
(घ) सदस्य – इन्द्रमान खत्री
(ङ) सदस्य – हार्दिक मल्ल

(ग) तेस्रो चरणको कक्षा

मिति २०७७ असार २० गतेदेखि साउन ३ गतेसम्म तेस्रो चरणको कक्षा सञ्चालन गरिएको थियो। उक्त चरणमा निम्नलिखित प्रशिक्षकहरुले कक्षाको सहजीकरण गर्नुभएको थियो।
• २०७७।०३।१२ – मार्क्सवादी दर्शनशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०३।१३ – मार्क्सवादी दर्शनशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०३।१४ – दर्शनशास्त्रको संश्लेषण – गोपीरमण उपाध्याय
• २०७७।०३।१५ – मार्क्सवादी राजनीतिक अर्थशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०३।१६ – मार्क्सवादी राजनीतिक अर्थशास्त्र – मनहरि तिमिल्सिना
• २०७७।०३।१७ – वैज्ञानिक समाजवाद – मनहरि तिमिल्सिना
• २०७७।०३।१८ – वैज्ञानिक समाजवाद – मनहरि तिमिल्सिना
• २०७७।०३।१९ – कम्युनिस्ट पार्टी र कार्यदिशा – मनहरि तिमिल्सिना
• २०७७।०३।२० – कम्युनिस्ट आन्दोलनको इतिहास – मनहरि तिमिल्सिना
• २०७७।०३।२१ – कम्युनिस्ट आन्दोलनको इतिहास – मनहरि तिमिल्सिना
• २०७७।०३।२२ – विज्ञान र प्रविधि – प्रा.डा. शोभाकान्त लामिछाने

तेस्रो चरणमा पर्वत जिल्लाका सहभागीहरुको उल्लेख सहभागिता रहेका कारण पछिल्लो २ दिने कक्षा पर्वत जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास र जिल्लाको विकास निर्माणको मार्गचित्रमा केन्द्रित रहेर सञ्चालन गरिएको थियो। उक्त कक्षामा निम्न प्रशिक्षकहरु हुनुहुन्थ्यो।
• २०७७।०३।२३ – जिल्लाको विकासको मार्गचित्र – कृष्ण पराजुली ‘परिवर्तन’/मेघनाथ सुवेदी
• २०७७।०३।२४ – जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास – गुणाखर बस्याल/उदय सुवेदी

(घ) चौंथो चरणको कक्षा

मिति २०७७ साउन २५ गतेदेखि भदौ ९ गतेसम्म चौंथो चरणको कक्षा सञ्चालन गरिएको थियो। यस चरणको समापन सत्रमा नेकपाका स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवाली, प्रदेश सांसदहरु लिला गिरी र लिलावल्लभ अधिकारीले मन्तव्य राख्नुभएको थियो। उक्त चरणमा निम्नलिखित प्रशिक्षकहरुले कक्षाको सहजीकरण गर्नुभएको थियो।
• मार्क्सवादी दर्शन – अशोक देवकोटा
• मार्क्सवादी दर्शन – मणिरत्न श्रेष्ठ
• दर्शनशास्त्र डिस्कोर्स – मनहरि तिमिल्सिना
• राजनीतिक अर्थशास्त्र – जायश्वर आचार्य
• राजनीतिक अर्थशास्त्र – जनार्दनबाबु कट्टेल
• राजनीतिक अर्थशास्त्र – बाबुराम पोखरेल
• अर्थशास्त्र डिस्कोर्स – मनहरि तिमिल्सिना
• वैज्ञानिक समाजवाद – जानुका पराजुली
• वैज्ञानिक समाजवाद – सुवासचन्द्र पौडेल
• मार्क्सवादी सौन्दर्यशास्त्र – किशोर मनश्वी
• आधारभूत कानून – देवराज शर्मा
• कम्युनिस्ट इतिहास – इन्द्रराज भट्टराई
• कम्युनिस्ट इतिहास – इन्द्रमान खत्री
• इतिहास डिस्कोर्स – मनहरि तिमिल्सिना
• विज्ञान र प्रविधि – सागर अधिकारी

(ङ) पाँचौँ चरणको कक्षा

मिति २०७७ भदौ १६ गतेदेखि भदौ २८ गतेसम्म पाँचौँ चरणको कक्षा सञ्चालन गरिएको थियो। करिब ३०० सहभागी रहेको यस चरणको उद्घाटन कार्यक्रम प्रमुख अतिथि नेपाल कम्युनिस्ट पाटी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को प्रशिक्षणत्मक मन्तव्यबाट भएको थियो। यस चरणमा निम्नलिखित प्रशिक्षकहरुले कक्षाको सहजीकरण गर्नुभएको थियो।
• द्वन्द्वात्मक भौतिकवाद : डा. बेदुराम भुसाल
• ऐतिहासिक भौतिकवाद : गोपीरमण उपाध्याय
• मार्क्सवादी अर्थशास्त्र : मनहरि तिमल्सिना
• समाजवादी अर्थव्यवस्था : रामराज रेग्मी
• वैज्ञानिक समाजवाद : डीपी ढकाल
• कम्युनिस्ट पार्टी र राजनीतिक कार्यदिशा : ठाकुर गैरे
• विश्व कम्युनिस्ट आन्दोलन : रामदीप आचार्य
• नेपाली कम्युनिस्ट आन्दोलन : भरत बस्याल
• उत्तरआधुनिकतावाद र मार्क्सवादी सौन्दर्यशास्त्र : कविराज पौडेल
• विज्ञान, प्रविधि र मार्क्सवाद : प्रा.डा. शोभाकान्त लामिछाने

यस चरणको समापन कार्यक्रम नेपाल कम्युनिस्ट पाटी (नेकपा) का स्थायी समिति सदस्य तथा नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको थियो। सहभागीमध्येबाट नानुमाया पराजुली र विश्वराज बरालले अनुभूति राख्नुभएको थियो। उक्त चरणमा जयशंकर धिताल उत्कृष्ट र किरण सापकोटा प्रथम हुनुभएको थियो।

(च) छैटौँ चरणको कक्षा

मिति २०७७ कार्तिक १४ गतेदेखि २८ गतेसम्म छैटौँ चरणको कक्षा सञ्चालन गरिएको थियो। यस चरणमा मार्क्सवादी ज्ञान केन्द्रको अभ्यास प्रशिक्षणबाट उत्पादित प्रशिक्षकहरुले कक्षा सहजीकरण गर्नुभएको थियो। यस चरणमा कक्षा सहजीकरण गर्ने प्रशिक्षकहरुको सूचि यसप्रकार छ।
• २०७७।०७।१४ – दर्शनशास्त्र – मणिरत्न श्रेष्ठ
• २०७७।०७।१५ – दर्शनशास्त्र – रामबहादुर खड्का
• २०७७।०७।१६ – दर्शनशास्त्र – रमेशप्रसाद अधिकारी
• २०७७।०७।१७ – दर्शन कक्षाको संश्लेषण – मनहरि तिमिल्सिना
• २०७७।०७।१८ – मार्क्सवादी अर्थशास्त्र – जायश्वर आचार्य
• २०७७।०७।१९ – मार्क्सवादी अर्थशास्त्र – बाबुराम पोखरेल
• २०७७।०७।२० – अर्थशास्त्रको कक्षाको संश्लेषण – मनहरि तिमिल्सिना
• २०७७।०७।२१ – वैज्ञानिक समाजवाद – रेशमकुमार अधिकारी
• २०७७।०७।२२ – वैज्ञानिक समाजवाद – जानुका पराजुली
• २०७७।०७।२३ – वैज्ञानिक समाजवाद – सुवासचन्द्र पौडेल
• २०७७।०७।२४ – कम्युनिस्ट आन्दोलनको इतिहास – विश्वेश्वर कट्टेल
• २०७७।०७।२५ – कम्युनिस्ट आन्दोलनको इतिहास – इन्द्रमान खत्री
• २०७७।०७।२६ – विज्ञान र प्रविधि – डेलराज खनाल
• २०७७।०७।२७ – विज्ञान र प्रविधि – सागर अधिकारी

(छ) सातौँ चरणको कक्षा

मिति २०७७ चैत २६ गतेदेखि ३० गतेसम्म सातौँ चरणको कक्षा सञ्चालन गरिएको थियो। यस चरणमा मार्क्सवादी ज्ञान केन्द्रबाट सञ्चाालित कक्षामा सहभागी भई अध्ययन गरेका प्रशिक्षार्थीहरुलाई पाँच दिने अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो। यस चरणमा कक्षा सहजीकरण गर्ने प्रशिक्षकहरुको सूचि यसप्रकार छ।
• मार्क्सवादी दर्शन : डा. बेदुराम भुसाल
• मार्क्सवादी अर्थशास्त्र : डा. विजय पौडेल
• समाजवाद : प्रयोग र विकास – राम कार्की ‘पार्थ’
• विश्व कम्युनिस्ट आन्दोलनको इतिहास : रामदीप आचार्य
• विज्ञान र मार्क्सवाद : प्रा.डा. शोभाकान्त लामिछाने

३. प्रशिक्षक प्रशिक्षण कार्यक्रम

मार्क्सवादी केन्द्रले पहिलो चरणको कक्षादेखि पाँचौँ चरणको कक्षासम्मका उत्कृष्ट सहभागीहरुलाई प्रशिक्षकको रुपमा विकास गर्ने उद्देश्यले चार चरणको प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको थियो। उक्त तालिमबाट हालसम्म ३१ जना प्रशिक्षक उत्पादन भइसकेका छन्। अभ्यास प्रशिक्षणका लागि निश्चित आचारसंहिता, समय तालिका र निर्णायक मण्डल गठन गरी प्रशिक्षक उत्पादन गर्ने ज्ञान केन्द्रको प्रयास नितान्त मौलिक र अनुकरणीयसमेत रहँदै आएको छ।

४. पुस्तक परिचर्चा

मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध सबै सदस्यहरुमा पठन संस्कृतिको विकास गर्नका निम्ति प्रत्येक १५ दिनमा पुस्तक परिचर्चा कार्यक्रम सञ्चालन गरियो। यस कार्यक्रममा प्रत्येक सदस्यले आफूले अध्ययन गरेको पुस्तकबारे संक्षिप्त प्रस्तृति राख्ने गरी कार्यक्रम तय गरिएको छ।

५. बैठक तथा समीक्षा

मार्क्सवादी ज्ञान केन्द्रले उल्लेखित कार्यक्रम र कक्षाहरुको संयोजनका निम्ति आन्तरिक टीम र अन्य विज्ञहरुसँग लगातार बैठक, अन्तरक्रिया र परामर्श गर्दै आएको छ। एक वर्षको अवधिमा ज्ञान केन्द्रका ५५ वटा बैठक, दर्जनभन्दा बढी अन्तरक्रिया र दुई दर्जनभन्दा बढी विभिन्न विभागीय बैठकहरु सम्पन्न गरिएका छन्। यसका साथै ज्ञान केन्द्रका पदाधिकारी र सदस्यहरुलाई वैचारिक र व्यवहारिक रुपमा परिस्कृत गर्न आत्मसमीक्षा बैठकहरुको आयोजना गरिँदै आइएको छ। यो प्रक्रिया निरन्तर अगाडि बढ्नेछ।

६. वैचारिक डिस्कोर्स

मार्क्सवादी ज्ञान केन्द्रले समय सन्दर्भअनुसार हालसम्म २० भन्दा बढी वैचारिक डिस्कोर्स कक्षाहरु सञ्चालन गरेको छ। उक्त कक्षामा खास विषयमा केन्द्रित रहेर विचारधारात्मक बहस गरिएको छ। डिस्कोर्स कक्षाका अतिथि प्रशिक्षकहरुमध्ये केही प्रशिक्षकहरुको सूचि यसप्रकार रहेको छ।
• प्राकृतिक भौतिकवाद : गोपीरमण उपाध्याय
• ऐतिहासिक भौतिकवाद : खग्रेन्द्र प्रसाई
• विज्ञान प्रविधि : प्रा.डा. शोभाकान्त लामिछाने,
• उत्तरआधुनिकतावाद र मार्क्सवादी सौन्र्दयशास्त्र : प्रा.डा. रमेशप्रसाद भट्टराई
• पूर्वीय दर्शनमा भौतिकवाद : रामराज रेग्मी
• मार्क्सवादी दृष्टिमा दशैं : डा. कृष्णराज अधिकारी
• बजेटबारे मार्क्सवादी दृष्टिकोण र बजेट निर्माण : डा. दिनेशचन्द्र देवकोटा
• भाषाको उत्पत्ति र विकास : डा. भीमलाल गौतम

७. परीक्षा तथा पुरस्कार

मार्क्सवादी ज्ञान केन्द्रले कक्षा समापनको अन्तिम दिन गुगल माध्यममार्फत् परीक्षा लिँदै आएको छ। कक्षाका सहभागीहरुलाई छोटा र लामा प्रकृतिका प्रश्नहरु सोध्ने, परीक्षामा उत्कृष्ट विद्यार्थी र अनुशासित विद्यार्थीलाई पुरस्कृत गर्ने, सहभागी विद्यार्थीलाई प्रमाणपत्र दिने, परीक्षाको नतिजाका आधारमा अभ्यास प्रशिक्षणमा सहभागी गराउने कार्यक्रम पनि ज्ञान केन्द्रले सञ्चालन गर्दै आएको छ। प्रत्येक कक्षाको नतिजापश्चात् औपचारिक समापन समारोहको आयोजना गरी सहभागीहरुको अनुभूति र सुझाव लिने काम पनि ज्ञान केन्द्रले गरिरहेको छ।

८. प्रतिवेदन मस्यौदा समिति

मार्क्सवादी ज्ञान केन्द्रले लोकपाटी मिडिया प्रा.लि.को वैधानिक छाताभित्र रहेर गरिएका कामहरुको अभिलेखलाई व्यवस्थित गरी प्रतिवेदन तयार पार्न एक कार्यदल गठन गरिएको थियो। उक्त समितिले दिएको मस्यौदा यस प्रतिवेदनको सन्दर्भ सामग्रीका रुपमा रहेको छ। कार्यदल निम्नानुसार रहेको थियो।
१. संयोजक : जनार्दनबाबु कट्टेल
२. सदस्य : बिमला केसी
३. सदस्य : टेकप्रसाद कट्टेल
४. सदस्य : मिङ्ग्मा शेर्पा
५. सदस्य : सुनिता कार्की
६. सदस्य : सागर अधिकारी
७. सदस्य : मोहन पाण्डेय

९. ज्ञान केन्द्रको तदर्थ समिति

केन्द्रले दर्ता प्रक्रियापूर्व स्कुलको कामलाई संयोजन गर्न निम्नानुसार १७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको थियो। अध्यक्षमा मनहरि तिमिल्सिना, उपाध्यक्ष नमिता न्यौपाने, जनार्दनबाबु कट्टेल, महासचिव इन्द्रराज भट्टराई, सचिव हुमनाथ न्यौपाने, दीपक बिसी, कोषाध्यक्ष बिमला केसी, सदस्यहरुमा सुवासचन्द्र पौडेल, भुपनारायण अधिकारी, धर्मराज खतिवडा, पासाङ डोल्मा लामा, पम्फा बसेल, मिङ्ग्मा शेर्पा, सागर अधिकारी, रेशमकुमार अधिकारी, रामकुमार शाही र सन्तोष न्यौपाने हुनुहुन्थ्यो। यसैगरी सल्लाहकारहरुमा केशव नेपाल, रामराज रेग्मी, डा. दिनेशचन्द्र देवकोटा, कृष्णराज केसी, प्रा.डा. शोभाकान्त लामिछाने, रमाकान्त सापकोटा र विश्वेश्वर कट्टेल हुनुहुन्थ्यो।

तर, फागुन १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्र दर्ता गर्दा समावेशी सिद्धान्त, सक्रियता, रुचि र आवश्यकताका आधारमा उक्त तदर्थ समितिमा परिमार्जन गरिएको छ। विद्यमान केन्द्रीय समितिको नामावली यसै पुस्तकको अन्तिममा समावेश गरिएको छ।

१०. संविधानका पक्षमा संघर्ष

मार्क्सवादी ज्ञान केन्द्रले कक्षा सञ्चालन गरिरहेकै अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो फेरबदल आयो। पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध ज्ञान केन्द्रले सचेतनाका विविध गतिविधि सञ्चालन गर्‍यो। यसै अवधिमा २०७७ पुस १९ गते नेकपाका प्रवक्ता कमरेड नारायणकाजी श्रेष्ठ र संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीको आतिथ्यतामा ‘संसद विघटन : राजनीतिक र संवैधानिक परिदृश्य’ विषयक भर्चुअल विचार गोष्ठीको आयोजना गरियो। यसका साथै ज्ञान केन्द्रका पदाधिकारीहरुले संविधान र लोकतन्त्रको रक्षाका निम्ति लेखेको भूमिका महत्वपूर्ण रह्यो। प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक रहेको कुरा सर्वोच्च अदालतले २०७७ फागुन ११ गते गरेको फैसलाले स्पष्ट गरिसकेको छ।

११. विचार गोष्ठी तथा पुस्तक लोकार्पण

२०७७ माघ १० गते काठमाडौंको प्रज्ञा भवनमा एक विचार गोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरियो। मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाद्वारा लिखित ‘कम्युनिस्ट स्कुल’ दोस्रो संस्करणको लोकार्पण एवं ‘संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र’ विषयक विचार गोष्ठीलाई नेकपाका स्थायी समिति सदस्यद्वय क. योगेश भट्टराई, क. देवेन्द्र पौडेल, नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा लगायतले सम्वोधन गर्नुभएको थियो। उक्त कार्यक्रममा ज्ञान केन्द्रका तर्फबाट जयशंकर धिताल र रोशनी लिम्बुले अनुभूति मन्तव्य राख्नुभएको थियो। देशैभरिबाट मार्क्सवादी ज्ञान केन्द्रका सदस्यहरु सहभागी उक्त कार्यक्रमले केन्द्रलाई थप हौसला प्रदान गरेको थियो।

१२. अन्य कार्यक्रमको संयोजन र सहभागिता

मार्क्सवादी ज्ञान केन्द्रले आफ्नो औपचारिक कक्षा र डिस्कोर्स कक्षाको अतिरिक्त विभिन्न संघसंस्थासँग मिलेर संयुक्त कार्यक्रम आयोजना गर्ने, विभिन्न संस्थाले आयोजना गरेको कार्यक्रमलाई सहजीकरण गर्ने काम गर्दै आएको छ। दशैंको अष्टमीका दिन नवनिर्माण अभियानको आयोजना र ज्ञान केन्द्रको संयोजनमा भएको कार्यक्रमलाई नेकपाका अध्यक्ष कमरेड प्रचण्डले सम्वोधन गर्नुभएको थियो।

यसका साथै मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले विभिन्न संघसंस्थाले आयोजना गरेका मार्क्सवादी कक्षाको सहजीकरण गर्दै आउनुभएको छ। साथै ‘अक्टोवर क्रान्तिको सांस्कृतिक प्रभाव’ विषयक अन्तरक्रियामा ज्ञान केन्द्रको तर्फबाट संयोजन र सक्रिय सहभागिता जनाइएको छ। यसले ज्ञान केन्द्रको दायरा थप बिस्तारित हुँदै गएको अनुभूति गर्न सकिन्छ।

१३. मार्क्सवादी ज्ञान केन्द्र दर्ता

यही गत फागुन १९ गते मार्क्सवादी ज्ञान केन्द्रको आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको छ। विधानबमोजिम केन्द्रले १७ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, विभिन्न विभागीय समिति र प्रदेश समितिहरु निर्माण गरी कामको संयोजन गरेको छ। मार्क्सवादी ज्ञान केन्द्रका सबै समिति र पदाधिकारीहरुको नामावली यसै पुस्तकको अन्तिममा समावेश गरिएको छ।

१४. आगामी कार्यक्रम

मार्क्सवादी ज्ञान केन्द्रका विभागीय समिति र प्रदेश समितिको सुझावका आधारमा केन्द्रले आफ्नो कार्यक्रम निर्धारण गर्नेछ। तत्कालका लागि केन्द्रले निम्नानुसारका कामलाई आफ्नो प्राथमिक कार्यसूचिमा राखेको छ।
• प्रत्येक डेढ महिनामा १५ दिने कक्षा सञ्चालन गर्ने।
• सम्भव भएसम्म जिल्लाहरुमा ३ देखि ५ दिनको प्रत्यक्ष कक्षा सञ्चालन गर्ने।
• साप्ताहिक वा पाक्षिक रुपमा कार्यशाला÷डिस्कोर्स सञ्चालन गर्ने।
• प्रशिक्षण कक्षाबाट छनोट भएका विद्यार्थीहरुलाई प्रशिक्षकका रुपमा विकास गर्न प्रशिक्षक प्रशिक्षण कक्षालाई नियमित गर्ने।
• आधारभूत तहका लागि प्रशिक्षक उत्पादनका लागि आवश्यक पर्ने पाठ्यसामग्री उत्पादन गर्ने।
• १ महिना लामो कक्षा सञ्चालनको पाठ्यक्रमका रुपमा ज्ञान केन्द्रका प्रकाशकहरु मिलेर कम्युनिस्ट स्कुल भाग–२ प्रकाशित गर्ने।
• मार्क्सवादसँग सम्बन्धित विषयहरुको खोजी गर्न चाहने अध्येताहरुका लागि ‘कम्युनिस्ट ई–लाइब्रेरी’ सञ्चालन गर्ने।
• स्कुल विभागले पार्टी स्कुल सञ्चालन गरेको अवस्थामा विभागलाई सम्पूर्ण रुपले समन्वय र सहयोग गर्ने।
• २००६ सालदेखि वर्तमानसम्मका नेपालका सबै कम्युनिस्ट घटकहरुका दस्तावेज, वैचारिक एवं राजनीतिक निर्णय, संगठनात्मक प्रणाली, नेतृत्व विकास र जारी गरिएका परिपत्रहरुसमेत संलग्न हुने गरी बृहत प्रकाशनको कार्ययोजना निर्माण गरी लागू गर्ने।
• मार्क्सवादी ज्ञान केन्द्रलाई मुनाफारहित, पारदर्शी, बौद्धिक र आत्मनिर्भर बनाउन सामूहिक उत्पादनको नमूना योजना निर्माण गरी कार्यान्वयन गर्ने।
• मार्क्सवादसँग सम्बन्धित पुस्तकहरु संकलन गरी पुस्तकालय निर्माण गर्ने।
विगत एक वर्षको अवधिमा मार्क्सवादी ज्ञान केन्द्रले गरेको प्रगति निकै उत्साहप्रद छ। स्वतःस्फूर्त रुपमा सञ्चालन गरेको अभियानबाट प्राप्त उपलब्धी केन्द्रको भविष्यका निम्तिसमेत मार्गदर्शन हुने हामीले विश्वास लिएका छौं। आगामी दिनमा संस्थालाई थप व्यवस्थित, गतिशील एवं वैचारिक गतिका साथ अगाडि बढाउन हामी सबैले साझा प्रयत्न गरौं, धन्यवाद !

इन्द्रराज भट्टराई
महासचिव
मार्क्सवादी ज्ञान केन्द्र


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *