Marxist Banner

आदरणीय एवं प्रिय कमरेडहरु

न्यानो अभिवादन।

मानव जातिले आर्जन गरेका ज्ञानका विविध शाखाहरुलाई वैज्ञानिक विश्व दृष्टिकोणका साथ अध्ययन र विश्लेषण गर्ने हेतुले सञ्चालित मार्क्सवादी कक्षा निरन्तर चलिरहेको छ। मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध कमरेडहरुको ज्ञान, सूचना र विश्व दृष्टिकोणको दायरा फराकिलो र थप स्पष्ट बनाउने उद्देश्यसहित हामीले आन्तरिक टीमलाई नै केन्द्रित गरेर केही दिनभित्र नै १ महिना लामो कक्षा सञ्चालन गर्दैछौं। यो सातौं चरणको कक्षा हामी आफैले नयाँ–नयाँ विषय र सूचनाहरु खोजेर सम्प्रेषण गर्ने र हाम्रो कोर्सको दायरा फराकिलो बनाउने विषयमा केन्द्रित रहनेछ।

एक महिना लामो कक्षामा हामीले विगतमा अध्ययन र विषयसूचिमा समावेश गरेका विषयका अलवा केही नयाँ विषयहरु थप गर्ने तयारी गरिरहेका छौं। त्यसका लागि मार्क्सवादी ज्ञान केन्द्रको कार्यसमिति र अभ्यास प्रशिक्षणबाट छनोट हुनुभएका कमरेडहरुलाई विशेष जिम्मेवारी दिइनेछ। तसर्थ, सातौं चरणको कक्षाका लागि कमरेडहरुमाझ तपसिल बमोजिमको प्रस्ताव प्रस्तुत गरिएको छ। प्रस्तुत प्रस्तावमाथि यहाँहरुको महत्वपूर्ण सुझाव, निर्णय प्रक्रियामा सहभागिता र आफ्नो जिम्मेवारीअनुसारको विषयमा दृढ कार्यान्वयनको अपेक्षा गरिन्छ।

१. कक्षासम्बन्धी प्रस्ताव

(क)     कक्षाको नाम र आरम्भ – मार्क्सवादी ज्ञान केन्द्रको सातौं चरणको कक्षा रहनेछ। यो कक्षा चौंथो  चरणको अभ्यास प्रशिक्षण सकिएलगत्तै प्रारम्भ गरिनेछ।

(ख)     कक्षाको अवधि – कक्षा १ महिना (दर्शन – ७ दिन, अर्थशास्त्र –५ दिन, वैज्ञानिक समाजवाद – १० दिन, कम्युनिस्ट इतिहास–४ दिन र विज्ञान–प्रविधि–४ दिन) सम्म सञ्चालन हुनेछ।

(ग)     कक्षाका सहभागीहरु – ज्ञान केन्द्रको केन्द्रीय कार्यसमिति, ज्ञान केन्द्रको सल्लाहकार समिति, ज्ञान केन्द्रको विभागीय समिति र समन्वय समिति, ज्ञान केन्द्रले उत्पादन गरेका प्रशिक्षकहरु,  अभ्यास प्रशिक्षणमा भाग लिएका तर प्रशिक्षकको रुपमा छनोट भइनसकेका कमरेडहरु यस   कक्षामा सहभागी हुनेछन्।

२. कोर्स र जिम्मेवारीसम्बन्धी प्रस्ताव

३० दिनसम्म चल्ने कक्षाका लागि कमरेडहरुलाई निम्नानुसारको नयाँ कोर्स र जिम्मेवारीको प्रस्ताव गरिन्छ। आफ्नो जिम्मेवारीअनुसारको सामग्रीको खोजी र अध्ययनमार्फत् तयारीमा लाग्न सबै कमरेडहरुमा अनुरोध छ।

(क) दर्शनशास्त्र, विषय संयोजक – कविराज पौडेल

१. पूर्वीय दर्शन र भौतिकवाद – नारायणप्रसाद निरौला

  • वेद र भौतिकवादी दृष्टिकोण
  • षड्दर्शन र भौतिकवाद
  • वेदान्त दर्शन र अन्तर्वस्तु
  • पूर्वीय दर्शनमा भौतिकवाद र द्वन्द्ववाद
  • पूर्वीय दर्शनको मार्क्सवादी निष्कर्ष

२. दर्शनको इतिहास र विकासक्रम – कविराज पौडेल

  • प्राचीनकाल
  • मध्यकाल
  • आधुनिककाल
  • दर्शनको इतिहासबारे मार्क्सवादी दृष्टिकोण

३. महासभ्यता र दार्शनिक विकास – मनहरि तिमिल्सिना

  • इस्लामिक दर्शन र विकासक्रम
  • अफ्रिकन दर्शन र विकासक्रम
  • मंगोलियन दर्शन र विकासक्रम
  • मुन्धुम दर्शन र अन्तर्वस्तु
  • ताओवादी दर्शन र अन्तर्वस्तु
  • महासभ्यताबारे मार्क्सवादी दृष्टिकोण

४. केही दार्शनिक प्रवर्गहरु – किरण सापकोटा

  • द्वन्द्वात्मक भौतिकवाद
  • प्रत्ययवाद/आदर्शवाद
  • द्वैतवाद र दार्शनिकहरु
  • अद्वैतवाद र दार्शनिकहरु
  • द्वैताद्वैतवाद र दार्शनिकहरु
  • तर्कबुद्धिवाद र दार्शनिकहरु
  • अतर्कबुद्धिवाद र दार्शनिकहरु
  • भडुवा विकासवाद
  • अर्थवाद र ट्रेड यूनियनवाद
  • स्वाभाववाद
  • यदृच्छावाद
  • उच्छेदवाद
  • अक्रियावाद
  • क्षणिकवाद
  • अनात्मवाद
  • अनिश्वरवाद
  • कारणतावाद
  • सांख्यको सत्कार्यवाद
  • अनेकान्तवाद
  • परमाणुवाद आदि।

५. बहुलवाद र उत्तरआधुनिकवाद – मणिरत्न श्रेष्ठ

  • बहुलवादको उत्पत्ति र विकास
  • बहुलता र बहुलवाद
  • उत्तरआधुनिकतावादको उत्पत्ति
  • उत्तरआधुनिकतावादी दार्शनिकहरु
  • बहुलवादबारे मार्क्सवादी दृष्टिकोण
  • उत्तरआधुनिकतावादबारे मार्क्सवादी दृष्टिकोण

६. नवमार्क्सवाद र उत्तरमार्क्सवाद – रमेशप्रसाद अधिकारी

  • नवमार्क्सवादी अवधारणाको विकास
  • अन्तरियो ग्राम्स्की र प्रभुत्ववाद
  • उत्तरमार्क्सवादी अवधारणाको विकास
  • नवमार्क्सवादबारे मार्क्सवादी दृष्टिकोण
  • उत्तरमार्क्सवादबारे मार्क्सवादी दृष्टिकोण

७. मानव जीवनमा दर्शनको प्रयोग – रामबहादुर खड्का

  • धर्म र प्रत्ययवादी दर्शनको एकरुपता
  • धर्म र भौतिकवादी दर्शनबिच अन्तर
  • प्रकृतिमा भौतिकवाद र द्वन्द्ववाद
  • चिन्तनमा भौतिकवाद र द्वन्द्ववाद
  • समाजमा भौतिकवाद र द्वन्द्ववाद
  • मानव जीवनमा दर्शनको प्रयोग
  • दर्शनको अध्ययन किन गर्ने ?

                    ०००००

(ख) राजनीतिक अर्थशास्त्र, विषय संयोजक – विश्वेश्वर कट्टेल

८. अर्थशास्त्र र विभिन्न दृष्टिकोण – जायश्वर आचार्य

(क) कौटिल्य

(ख) विलियम पेट्टी

(ग) एडम स्मिथ

(घ) डेभिड रिकार्डो

(ङ) मार्सल

(च) रविन्स

(छ) माल्थस

(ज) कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स

९. पुँजीवादी अर्थतन्त्र – देवराज शर्मा

  • पुँजीवादी अर्थतन्त्रको विकास
  • पुँजीवादी अर्थतन्त्रका विभिन्न मोडेलहरु
  • पुँजीवादी अर्थतन्त्रका विशेषताहरु
  • पुँजीवादी आर्थिक संरचनाहरु
  • पुँजीवादी अर्थतन्त्रको बनोट
  • भूमण्डलीकरण र खुला बजार
  • उदारवाद र नवउदारवाद
  • दलाल नोकरशाही पुँजीवाद
  • पुँजीवादी अर्थतन्त्रका चुनौतीहरु
  • पुँजीवादी अर्थतन्त्र र बिकल्प

१०. समाजवादी आर्थिक नीति – बाबुराम पोखरेल

  • समाजवादमा उद्योग नीति
  • समाजवादमा व्यापार नीति
  • समाजवादमा बजेट नीति
  • समाजवादमा मौद्रिक नीति
  • समाजवादमा बैंकिङ प्रणाली
  • समाजवादमा उत्पादन प्रणाली
  • समाजवादमा निजी सम्पत्ति
  • समाजवादका अन्तरविरोधहरु
  • समाजवाद र वर्गको बिलोपीकरण

११. समाजवादी मुलुकहरु र अर्थनीति – विश्वेश्वर कट्टेल

  • रुसमा अभ्यास भएको समाजवादी अर्थनीति
  • चीनको अर्थनीति र विशेषता
  • क्युवाको अर्थनीति र विशेषता
  • उत्तर कोरियाको अर्थनीति र विशेषता
  • लाओसको अर्थनीति र विशेषता
  • भियतनामको अर्थनीति र विशेषता
  • समाजवादी अर्थनीति प्रयोगमा देखिएका चुनौतीहरु

१२. आत्मनिर्भर अर्थतन्त्र र समाजवाद – जनार्दनबाबु कट्टेल

  • कृषि र प्रविधिको प्रयोग
  • उद्योग विकास र चुनौती
  • व्यापार घाटा र विकल्प
  • जलविद्युत र सम्भावना
  • पर्यटन विकास र योजना
  • रोजगारी र आत्मनिर्भर अर्थतन्त्र
  • नेपालले लिनुपर्ने समाजवादी बाटो

                    ०००००

(ग) वैज्ञानिक समाजवाद, विषय संयोजक – हुमनाथ न्यौपाने

१३. मानव जातिको उत्पत्ति र विकास – दुस्यन्त भट्टराई

  • एककोषीय जीवको विकास
  • मानिसको शारीरिक संरचना र अन्तरक्रिया
  • मानिसका विभिन्न प्रजातिहरु
  • चिन्तनको विकासमा श्रमको भूमिका
  • मानव मस्तिष्क र विचार उत्पादन

१४. समाजवाद र दृष्टिकोण – सुवासचन्द्र पौडेल

  • काल्पनिक समाजवाद
  • राष्ट्रिय समाजवाद
  • यूरो कम्युनिज्म
  • प्रजातान्त्रिक समाजवाद
  • वैज्ञानिक समाजवाद
  • वैज्ञानिक समाजवादी चिन्तकहरु

१५. समाज विकासका चरणहरु – रेशम अधिकारी

  • आदिम साम्यवाद र विशेषता
  • दास युग र विशेषता
  • सामन्तवादी युग र विशेषता
  • पुँजीवादी युग र विशेषता
  • समाजवादी युग र विशेषता
  • साम्यवाद र मानव समाज

१६. विश्वको राजनीतिक इतिहास – नरबहादुर घर्ती

  • विश्वका प्रमुख राजनीतिक विचारहरु
  • विश्व राजनीतिका प्रमुख क्रान्तिहरु
  • विश्वका प्रमुख शासक र चरित्र
  • विश्व राजनीतिको विकासक्रम
  • विश्व राजनीतिका प्रमुख घटनाहरु

१७. क्रान्तिको मोडेल र कार्यदिशा – हुमनाथ न्यौपाने

  • सशस्त्र विद्रोहको मोडेल
  • दीर्घकालीन जनयुद्धको मोडेल
  • जनयुद्ध र जनआन्दोलन संयोजनको मोडेल
  • जनताको बहुदलीय जनवाद
  • एक्काइसौं शताब्दीको जनवाद
  • समाजवादउन्मुख जनताको जनवाद
  • समाजवादी कार्यदिशा र मोडेल

१८. कम्युनिस्ट संगठन प्रणाली – सन्तोष क्षेत्री

  • जनवादी केन्द्रीयता
  • नेतृत्वबारे कम्युनिस्ट दृष्टिकोण
  • नेतृत्व विकास र प्रणाली
  • उत्तराधिकारी निर्माण र नेतृत्व हस्तान्तरण
  • नेतृत्व विकासको सैद्धान्तिक धारणा
  • कम्युनिस्ट पार्टी र कमिटी प्रणाली
  • महाधिवेशन र नेतृत्व निर्माण
  • पार्टी सञ्चालनबारे विश्वका अभ्यासहरु

१९. धर्म, संस्कृति र वर्गीय नैतिकता – किशोर मनश्वी

  • धर्मको परिचय र परिभाषा
  • धर्मको उत्पत्ति र विकास
  • धर्मबारे मार्क्सवादी दृष्टिकोण
  • संस्कृतिको परिभाषा र विकास
  • धर्म र संस्कृतिमा अन्तर
  • नैतिकताबारे वर्गीय दृष्टिकोण
  • कम्युनिस्ट नैतिकता र विशेषता

२०. संघीयता र मुक्तिको प्रश्न – जानुका पराजुली

  • मार्क्सवाद र महिला मुक्ति
  • महिला मुक्ति र नारीवाद
  • मार्क्सवाद र महिला मुक्तिको सम्बन्ध
  • जातीय, क्षेत्रीय मुक्तिको प्रश्न
  • जात प्रथा र वर्ग निर्माणको आधार
  • संघीयताबारे विश्वका अभ्यासहरु
  • विश्वका संघीय मुलुक र विशेषता
  • संघीयताबारे मार्क्सवादी दृष्टिकोण

२१. नेपालको राजनीतिक इतिहास – रोशनी लिम्बु

  • प्राचीन काल
  • मध्यकाल
  • आधुनिककाल
  • राजनीतिक इतिहासका प्रमुख घटनाहरु

२२. समाजवादको नेपाली मोडेल – रमाकान्त सापकोटा

  • समाजवादी शिक्षा प्रणाली
  • समाजवादमा स्वास्थ्य प्रणाली
  • समाजवाद र रोजगारीको सम्बन्ध
  • आत्मनिर्भरताका आधारहरु
  • समाजवादमा सामाजिक न्याय र सुशासन
  • नेपाली समाजवादका प्रमुख विशेषताहरु

                    ०००००

(घ) कम्युनिस्ट इतिहास, विषय संयोजक – इन्द्रराज भट्टराई

२३. रुसी र चिनियाँ क्रान्ति – इन्द्रमान खत्री

  • रुसी क्रान्तिको इतिहास
  • रुसी क्रान्ति र वैचारिक संघर्ष
  • रुसी क्रान्ति र विचारको विकास
  • चिनियाँ क्रान्तिको इतिहास
  • चिनियाँ क्रान्ति र वैचारिक संघर्ष
  • चिनियाँ क्रान्ति र विचारको विकास
  • कम्युनिस्ट आन्दोलनमा रुस र चीनको योगदान
  • रुसी र चिनियाँ क्रान्तिका शिक्षाहरु

२४. केही क्रान्ति : एक चर्चा – गीताप्रसाद श्रेष्ठ

  • क्युवाको क्रान्ति
  • नक्सालवादी आन्दोलन
  • थाइल्याण्डको क्रान्ति
  • बर्माको क्रान्ति
  • मलेसियाको क्रान्ति
  • लाओसको क्रान्ति
  • फिलिपिन्सको क्रान्ति
  • सिंगापुरको क्रान्ति
  • इण्डोनेसियाको क्रान्ति
  • ब्रुनाइको क्रान्ति
  • पेरुको जनयुद्ध

२५. वर्तमानमा विश्व कम्युनिस्ट आन्दोलन – मीनबहादुर सुनुवार

  • सोभियत संघको बिघटन र कम्युनिस्ट आन्दोलन
  • यूरोप र अमेरिकी देशमा कम्युनिस्ट आन्दोलन
  • अफ्रिकन देशहरुमा कम्युनिस्ट आन्दोलन
  • एसियामा कम्युनिस्ट आन्दोलन
  • वर्तमानमा विश्वमा कम्युनिस्ट पार्टीहरु
  • विश्वका कम्युनिस्ट पार्टीका मौलिक विचारहरु
  • कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था

२६. नेपाली क्रान्ति र विचारधारात्मक विकास – इन्द्रराज भट्टराई

  • पुष्पलाल र नयाँ जनवाद
  • नेपालमा माओवादको प्रयोग
  • मदन भण्डारी र जनताको बहुदलीय जनवाद
  • प्रचण्ड र प्रचण्डपथको संश्लेषण
  • नेपाली जनयुद्ध र २१ औं शताब्दीको जनवाद
  • १२ बुँदे सम्झौता र क्रान्तिको नयाँ संश्लेषण
  • नेपाली कम्युनिस्ट आन्दोलनमा विचारसंघर्षका प्रमुख परिघटना
  • नेपाली कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय सन्देश

                    ०००००

(ङ) विज्ञान र प्रविधि, विषय संयोजक – सागर अधिकारी

२७. विज्ञानको परिचय र विकास – भुपनारायण अधिकारी

  • विज्ञानका विभिन्न शाखाहरु
  • प्रमुख वैज्ञानिक आविस्कारहरु
  • विज्ञान र मानिसको सम्बन्ध
  • खगोल विज्ञान र ज्योतिषशास्त्र
  • विज्ञानको अध्ययन किन गर्ने ?

२८. उर्जा संरक्षण र प्रकृति – अशोक देवकोटा

  • उर्जाको महत्व र मानवीय जिम्मेवारी
  • बनस्पति र जीवका प्रजातिहरु
  • पारिस्थितिक प्रणाली र आजको चुनौती
  • प्रकृति र मानिसको सम्बन्ध
  • प्रकृतिको संरक्षणमा मानिसको जिम्मेवारी
  • प्रकृतिमैत्री विकास किन ?

२९. सूचना प्रविधि – सागर अधिकारी

  • सन् १९८० को सूचना–प्रविधि क्रान्ति
  • सूचना प्रविधिका विशेषताहरु
  • सूचना प्रविधिका नयाँ फिचरहरु
  • सूचना प्रविधि र मानिसको सम्बन्ध
  • सूचना प्रविधिका चुनौतीहरु
  • सूचना–प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु
  • सूचना प्रविधि र भोलिको विश्व

३०. विज्ञान र मार्क्सवाद – डेलराज खनाल

  • विज्ञान र दर्शनको एकरुपता
  • विज्ञानबारे मार्क्सवादी दृष्टिकोण
  • विज्ञान र चेतनाको सम्बन्ध
  • कम्युनिस्ट र विज्ञानको प्रयोग
  • मार्क्सवाद विज्ञानको पनि विज्ञान किन ?

                    ०००००

३. कक्षा सम्बन्धी थप जानकारी

सातौं चरणको कक्षालाई व्यवस्थित बनाउन यस प्रकारको थप व्यवस्था गरिएको छ। उल्लेखित व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नु सबै प्रशिक्षक र सहभागीहरुको जिम्मेवारी हुनेछ।

(क)  सबै सहभागीहरु ३० दिनको कक्षामा लगातार रुपमा बस्नुपर्नेछ। सबै जनाले प्रत्येक क्लासको टिपोट गर्नुपर्नेछ। कक्षाको अन्तिम दिन सबै सहभागीहरुले आफ्नो टिपोटलाई पिडिएफ बनाएर  आयोजकलाई पठाउनुपर्नेछ।

(ख) प्रत्येक प्रशिक्षकले आफूलाई तोकिएको विषयको स्लाइड र नोट बनाउनुपर्नेछ। सातौं चरणको  कक्षा सुरु हुनुभन्दा कम्तिमा ३ दिनअघि नै आफ्नो नोट र स्लाइड इमेलमा पठाउनुपर्नेछ।

(ग)  आफूले बनाएको स्लाइड र नोटका तथ्यहरुको सत्यता र भाषिक शुद्धता चेकजाँच गरी पठाउनुपर्नेछ। गलत सूचना र तथ्यांक समावेश हुने गरी स्लाइड र नोट बनाउनु हुँदैन।

(घ) प्रत्येक दिनको कक्षा १.१५ घण्टाको हुनेछ। कक्षामा एक घण्टा प्रस्तोताले आफ्नो प्रस्तुति राख्नेछ। १५ मिनेटको समय मात्र जिज्ञासा र त्यसको समाधानका लागि छुट्याइनेछ।

(ङ) अभ्यास प्रशिक्षणका क्रममा फरक विषय रोजेका केही कमरेडहरुको विषय फेरबदल गरिएको छ। यो हाम्रो रहरभन्दा पनि विषय र सूचनाको संकलन गर्ने र अध्ययनलाई व्यवस्थित गर्ने प्रयोजनका लागि हो। तसर्थ, सबै कमरेडहरुले आफूलाई तोकेको विषयसँग सम्बन्धित सामग्री संकलन गरी प्रस्तुत गर्नुपर्नेछ।

(च)  आफ्नो जिम्मेवारीमा परेको विषयको स्लाइड र नोट बनाउन पर्याप्त अध्ययन सामग्री र सन्दर्भ सामग्री नभएको विषय हामी सबैलाई अवगत नै छ। तर, आजको डिजिटल युगमा हामीले विभिन्न स्रोतहरुमार्फत् त्यस्ता सामग्री प्राप्त गर्न सक्छौं। त्यसका लागि पुस्तक, गुगल, विकिपीडिया, युट्युव लगायतका माध्यमहरुको सहयोग लिन सकिन्छ। साथै आफूभन्दा विज्ञ जोसुकै अग्रजहरुसँग विषयको तयारीका लागि सहयोग लिन सकिनेछ।

(छ) आफ्नो जिम्मेवारीमा परेको स्लाइड र नोट बनाउँदा कुन स्रोतलाई आधार मान्ने भन्ने विषय   महत्वपूर्ण हुन्छ। तसर्थ, कुनै पनि पोर्टलबाट सूचना वा तथ्यहरु लिँदा त्यस्ता स्रोतहरु कम्युनिस्ट  निकट हुन् कि कम्युनिस्ट इतर भन्ने कुरा एकिन गर्नुहुन अनुरोध छ। कम्युनिस्ट इतर साइटहरुबाट लिएका सामग्रीलाई मार्क्सवादी दृष्टिकोणमा ढाल्नु सबै कमरेडहरुको जिम्मेवारी हुनेछ।

(ज)  दर्शन पढाउने कमरेडहरुले आफ्नो नोटमा दर्शनको उत्पत्ति, दार्शनिक प्रवर्गको उत्पत्ति र विकास, सम्बन्धित दर्शनका प्रमुख दार्शनिकहरु, सम्बन्धित दर्शनको अन्तर्वस्तु र त्यस दर्शनबारे मार्क्सवादी विश्लेषण समावेश गर्नुपर्नेछ।

(झ) अर्थशास्त्र पढाउने कमरेडहरु आर्थिक सूचकहरु, तथ्यांकहरु, सम्बन्धित तथ्यांकमाथि विश्लेषण र मार्क्सवादी दृष्टिकोण प्रस्तुत गर्नुपर्नेछ।

(ञ) वैज्ञानिक समाजवाद र इतिहाससँग सम्बन्धित विषय पढाउने कमरेडहरुले सम्बन्धि विषयको  परिभाषा, उत्पत्ति, विकास, विचारधारात्मक संघर्ष, त्यसको समयावधि, विचारधारात्मक संघर्ष र  विकासका प्रमुख पात्रहरु र त्यसबारे मार्क्सवादी दृष्टिकोण प्रस्तुत गर्नुपर्नेछ।

(ट) विज्ञान प्रविधि पढाउने कमरेडहरुले सम्बन्धित विषयको अन्तर्वस्तु र समकालीन आविस्कारले   सामाजिक जीवनमा पारेका प्रभाव र मार्क्सवादी दृष्टिकोण प्रस्तुत गर्नुपर्नेछ।

(ठ) सामग्री तयार पार्दा कुन सामग्री कुन स्रोत वा पुस्तकबाट लिइएको हो, सोको स्रोत खुलाउनुपर्नेछ। साथै स्लाइड र नोटको अन्तिममा सन्दर्भ सूचि र पुस्तकहरुको नाम समावेश गर्नुपर्नेछ।

(ड) प्रदेश समन्वय समिति र विभागीय समिति गठन भइनसकेकाहरुको हकमा सम्बन्धित प्रदेशको संयोजक र विभागीय समितिका प्रमुखहरुले आफ्नो टीमका उपलब्ध साथीहरुसँग परामर्श गरी समिति पूर्णताको प्रस्ताव तयार पार्नुपर्नेछ। तत्काल कमिटी बनाउन सम्भव नभएमा कमिटीका लागि सम्भावित कमरेडहरुको नामावली तयार पारी सातौं चरणको कक्षामा सहभागी गराउन सकिनेछ।

(ढ) १ महिना लामो कक्षामा सहभागी कमरेडहरुमध्येबाट उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट सहभागीलाई पुरस्कृत गरिनेछ। सहभागीहरुको पुरस्कार मापदण्डमा प्रत्येक कक्षामा सहभागी प्रशिक्षार्थीलाई विशेष प्राथमिकता दिइनेछ।

(ण)  सातौं चरणको कक्षा र आफ्नो प्रस्तुतिसम्बन्धी कुनै अस्पष्टता वा जिज्ञासा भएमा आफ्नो विषय   संयोजक वा आयोजक कमिटीबाट थप जानकारी लिन सकिनेछ। आयोजक समितिसँग जानकारीका लागि व्यवस्थापन विभाग प्रमुख जनार्दनबाबु कट्टेलसँग सम्पर्क गर्न सकिनेछ।

(त)  कक्षासम्बन्धी थप कुनै व्यवस्था, निर्णय र व्याख्या गर्नुपरेमा त्यससम्बन्धी आवश्यक निर्णय आयोजक कमिटीले गर्नेछ।

प्रिय कमरेडहरु,

          हामी हाम्रो ज्ञानको क्षितिज फराकिलो पार्ने अभियानमा छौं। आफूलाई ज्ञानका नवीनतम् आयामहरुबाट सुसज्जित गरेर समाज बदल्ने हाम्रो अभियानमा सातौं चरणको कक्षा थप फलदायी हुने विश्वास लिएका छौं। तपाई–हाम्रो जिम्मेवारीमा परेका विषयहरु सबैका लागि नयाँ छन्। तर, असम्भव पटक्कै छैनन्। दृढ इच्छाशक्ति, मेहेनत र संकल्पका आधारमा जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिन्छ। यही संकल्पका साथ सबै कमरेडहरुलाई मसिनो गरी आफ्नो तयारीमा लाग्न हार्दिक आग्रह गर्दै प्रस्तुत प्रस्तावमाथि यहाँहरुका महत्वपूर्ण सुझाव, टिप्पणी र परिमार्जनको अपेक्षा गर्दछौं। विश्वास छ, यहाँहरुले खोज र अनुसन्धानमार्फत् ल्याएर कक्षामा प्रस्तुत गरेका सामग्रीहरु हामी सबैका साझा सम्पत्तिका रुपमा पुँजीकृत हुनेछन्, धन्यवाद।

१२ मंसीर, २०७७

मनहरि तिमिल्सिना

अध्यक्ष

मार्क्सवादी ज्ञान केन्द्र


By Marxist

Leave a Reply