Dr. Bijay Paudel

काठमाडौं, १२ चैत्र। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि जनमुखी घोषणापत्र लेखन सम्बन्धी भर्चुअल गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सहजीकरण गर्नुभएको थियो। भर्चुअल गोष्ठीलाई सहजीकरण गर्दै डा. पौडेलले जनताका महत्वपूर्ण सवालहरू स्थानीय निर्वाचनको घोषणापत्रमा समेटिनुपर्ने बताउनुभयो।

डा. पौडेलले भौतिक विकासभन्दा मानवीय विकासमा ध्यान दिनु स्थानीय सरकारको जिम्मेवारी भएको बताउँदै कम्युनिस्टहरूले लोककल्याणका मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीकहाँ विकास भन्नेवित्तिकै बाटोघाटो मात्र बुझ्ने समस्या छ। पहिला शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका मुद्दाहरू आउँछन्, त्यसपछि मात्र पूर्वाधारमा जोड गर्नुपर्छ।’’

कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेल, महासचिव इन्द्रराज भट्टराईले गोष्ठीको औचित्यबारे बोल्नुभएको थियो।


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *