14th class

काठमाडौं। मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, समाजवाद, इतिहास, विज्ञान–प्रविधि, नेपाल चिन्तन र सामयिक विषयमा अनलाइन कक्षा सञ्चालन गर्दै आएको मार्क्सवादी ज्ञान केन्द्रले सात दिने नयाँ कक्षा सञ्चालन गर्ने भएको छ।

केन्द्रले असार १३ गतेदेखि १९ गतेसम्म भर्चुअल माध्यमबाट १४ औँ चरणको कक्षा सञ्चालन गर्न लागेको हो। कक्षामा देशैभरिबाट ३५० जना सहभागीहरूको उपस्थिति रहनेछ। कक्षामा सात वटै प्रदेश र प्रवासबाट समेत सहभागिता रहनेछ।

कक्षा विगतको भन्दा फरक विषयमा सञ्चालन हुनेछ। दर्शनको जीवनमा प्रयोग, आजको विश्व र डिजिटल अर्थतन्त्र, शेयर मार्केट र राज्यले लिनुपर्ने नीति, नेपाली समाजको भौतिकवादी विवेचना, विज्ञानका नयाँ आयामहरू लगायतका विषयमा कक्षा सञ्चालन हुनेछ।

१४ औं चरणको कक्षाको सोमबार साँझ पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले उद्घाटन गर्नुहुनेछ। उद्घाटनमा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटालाई वक्ताको रूपमा आमन्त्रण गरिएको छ।

कक्षामा वामपन्थी विश्लेषक श्याम श्रेष्ठले दर्शनको जीवनमा प्रयोग, दीपक गौतमले शेयर मार्केट र राज्यले लिनुपर्ने नीति, प्रा. अचलराज पाण्डेले डिजिटल अर्थतन्त्र र प्रभावहरू, लेखक सीताराम तामाङले नेपाली समाजको भौतिकवादी विवेचना र डा. शंकर खतिवडाले विज्ञानका नयाँ आयामहरू विषयमा कक्षा लिने तय भएको केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो।

कक्षा साँझको समयमा सञ्चालन गरिने ज्ञान केन्द्रले जनाएको छ। साँझ ७ः४५ देखि ९ः४५ बजेसम्म सञ्चालन हुनेछ। कक्षमा सहभागी हुनले तोकेको मापदण्ड पालना गर्नुपर्नेछ।

कक्षालाई प्रभावकारी बनाउन कार्यसमितिको कार्यविभाजन गरिएको केन्द्रले जनाएको छ। केन्द्रले यसअघि १३ औं चरणसम्मका कक्षा सञ्चालन गरी सहभागीको परीक्षा, प्रमाणपत्र र पुस्कारको समेत व्यवस्था गर्दै आएको छ।


By Marxist

Leave a Reply

Your email address will not be published.